प्रधानमन्त्री र एमसीसी उपाध्यक्ष सुमारबीच भेट – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

प्रधानमन्त्री र एमसीसी उपाध्यक्ष सुमारबीच भेट

नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच आज बेलका भेटवार्ता भएको छ ।

देउवा र सुमारबीचको भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आज बिहान सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री पम्फा भुसालसँग भेट गरेकी थिइन ।

भेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा राखेका थिए ।

भेटमा उपाध्यक्ष सुमारले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको बताएकी थिइन।

आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएको भन्दै नियमित भ्रमण भएको उनको भनाइ छ ।

माओवादी केन्द्रभित्र एमसीसी पारित गर्नै नहुने र संशोधन गरेर पारित गर्नुपर्ने दुई थरी विचार छ ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २५, २०: ५८

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र २५, २०: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २५, २०: ५८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...