बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

नयाँ विकल्प,

काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको बताएका छन् ।

५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवम् अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताए ।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात् गरेको छ ।

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानुनको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले बताए।


नेपालले बाल अधिकार महासन्धिको पक्ष देश भएको ३० पनि वर्ष पूरा भइसकेको छ ।


सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एवम् राष्ट्रिय बाल अधिकार परिषदमार्फत बालबालिकाको हक अधिकार संरक्षण तथा सम्वर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रदेश सरकार तथा पालिकाले बाल अधिकार संरक्षण तथा सम्वर्द्धनका कार्यहरूलाई प्राथमिकताका साथ लागू गरिरहेका छन् ।

सम्बन्धित समाचार

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ भाद्र २८, २०: ५४

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र २८, २०: ५४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ भाद्र २८, २०: ५४

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...