
चितवन । पूर्व–पश्चिम लोकमार्गको पूर्वी नवलपरासीस्थित गैंडाकोटमा मंगलबार बिहान ४ बजेतिर यात्रुबाहक बस र ट्रक ठोक्किँंदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ।
मृत्यु हुनेहरुमा बसमा सवार यात्रु बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ।
सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गैंडाकोट नगरपालिका वडा नं. १० स्थित लोकमार्गको २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको काकरभिट्टाबाट महेन्द्रनगर जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर एक आपसमा ठोकिएका थिए।
दुर्घटनामा परी घाईते भएपछि नयाँ मेडिकल कलेजमा भर्ना भएकामध्ये कञ्चनपुरको बेलपुर बस्ने वर्ष ३२ का चित्रदेव लेखक, जुम्ला तिला–४ बस्ने वर्ष ३३ को टोपबहादुर शाही र बर्दिया बाँसगढी–८का वर्ष ८२ को डिल्लीराम सुवेदीको अवस्था गम्भीर छ।
यस्तै बस चालक कञ्चनपुर नगरपालिका–४का वर्ष ४२ को लालविर लोहार र ट्रक चालक प्यूठान नगरपालिका–१० बस्ने वर्ष २७ का अमृतसिंह विष्ट, महोत्तरीको बर्दिवास–७ का वर्ष २३ का रमेश यादव, रुपन्देहीका वर्ष २८ का सुरज अधिकारी, वीरेन्द्रनगर नगरपालिका–७ बस्ने वर्ष ४२ का मनकुमार थापा, झापाका वर्ष ३६को मनकुमार श्रेष्ठ र कञ्चनपुरको झलारीकी वर्ष २६ की उर्मिला तिरुवाको अवस्था मध्यम छ।
त्यस्तै, वीरेन्द्रनगर–४ बस्ने वर्ष ४० को रामबहादुर थापा, नवलपरासी पूर्वको हुप्सेकोट–३की वर्ष २६ की सबिना लिम्बु, सोही ठाउँका वर्ष २ को जोशन सारु मगर, नवलपरासी (पूर्व) पुरानो बेलहानीकी वर्ष १८ की गंगा ओली, कैलालीकी रोशनी अधिकारी, महेन्द्रनगर –१ का वर्ष ४९ को मोहन कोइराला, जुम्लाको तिला–४का वर्ष २६ को चन्द्रनाथ योगी र झापाको बाहुनडाँगीका वर्ष १६ का पारस ढकालको अवस्था सामान्य छ।
यस्तै, घाईतेमध्ये विराटनगर–३ बस्ने वर्ष २१ की पुजा रेग्मी, र विराटनगर–३ वर्ष २८ को सरोज पोखरेलको हात र खुट्टामा सामान्य चोट लागेको र उपचारपछि डिष्चार्ज भएको प्रहरीले जनाएको छ।
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...