नेकपा एसमा जानु पाउँ भन्ने एमालेका २ सांसदको रिट संयुक्त इजलासमा – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

नेकपा एसमा जानु पाउँ भन्ने एमालेका २ सांसदको रिट संयुक्त इजलासमा


काठमाडौं । नेकपा एमालेबाट अलग भई निर्माण भएको दल नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गरिमाग्ने एमालेका दुई संघीय सांसदको रिटमाथिको सुनुवाई संयुक्त इजलासमा हुने भएको छ।

निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै नेकपा एमालेको संघीय संसदका सदस्यद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च अदालत गएर अन्तरिम आदेशको माग गर्दै गत भदौ २३ गते रिट दिएका थिए।

अन्तरिम आदेश माग गरेका नेकपा एमालेका ति सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो।

उनीहरुको मुद्दा संयुक्त इजलासको एक नम्बरमा रहेको छ। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो।

भदौ २७ गते न्यायाधीश मिरा खड्काको एकल इजलासले आजका लागि छलफलमा बोलाउने आदेश दिएको थियो। आदेशमा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गरेकोमा कुनै कारवाही नगर्न एमालेलाई आदेश गरिएको थियो।

सम्बन्धित समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०७८ भाद्र २९, १४: ४५

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०७८ भाद्र २९, १४: ४५

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र २९, १४: ४५

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...