
काठमाडाैं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जना बिरुद्ध सोही प्रदेशकी सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रीय पात्र मात्र होइन, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘किचन क्वाविनेट’का एक सदस्यको रुपमा पहिचान बनाएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलबिरुद्ध अपहरणको निवेदन सांसद वलीले दिए पनि कारबाही होला भन्नेमा धेरैले शंका व्यक्त गरेका छन्।
राजनीतिक, प्रशासनिक र सुरक्षा निकायको उपल्लो तहबाट आउन सक्ने दबाब र प्रभावलाई प्रहरीको जिल्ला स्तरिय नेतृत्वबाट निवेदन बमोजिम कारबाही हुनेमा धेरैले आशंका व्यक्त गरेका छन्। सत्ता, शक्ति र पैशाको आडमा कानूनी राजलाई धज्जी उडाउँदै आएका पोखरेलले त्यसैको आडमा आफ्नो पद जोगाउन सांसद वलीलाई अपहरण गरेको घटना भने दुई महिनाअघिको हो।
सांसद वलीले आफूलाई दाङको तुलसीपुरबाट बुटबल ल्याएर लुम्विनी प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार पोखरेललाई कारबाही गर्न माग गरेकी छन्।
सांसद वलीले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलका निजी सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन्।
सांसद वलीले इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएकी र सो जाहेरी घटना शुरु भएको जिल्ला दाङमा दर्ता गराउन प्रहरीले सुझाव दिएको छ।
वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्। उता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको स्वीकारेका छन्।
वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ।
कपाको तर्फबाट दाङको क्षेत्र नं ३ ‘ख’बाट प्रदेश सभाको गत १४ मंसिर २०७६मा भएको उपनिर्वाचनमा निर्वाचित भएकी वलीले नेकपा विभाजनबाट एमाले र माओबादी दल ब्युँतिएपछि नेकपा माओबादी केन्द्र रोजेकी थिइन्।
उनले लुम्विनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलको सत्ता जोगाउन एमाले नरोजेपछि आफूलाई अपहरण गरि मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको भन ि२०७८ साल साउन २१ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकी थिइन्।
वलीलाई लुम्बिनी प्रदेश एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र एमाले दाङका नेता मानबहादुर रावतले २०७८ साल साउन १५ गते आफ्नो निवास तुलसीपुरबाट स्वास्थ्य परिक्षण र उपचारका लागि नेपालगञ्ज जान लाग्दा गाडीमा राखेर नेपालगञ्ज नलगी बुटबलमा मुख्यमन्त्रीको निवासमा नियन्त्रणमा राखिएको बताएकी थिइन्।
वलीले आफूलाई साउन १५ गतेदेखि १९गतेसम्म तत्कालिन मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाएको दाबी गरेकी छन्। वलीले २०७८ साउन २० गते बिहान ११ः४५ बजे आफू शौचालय जाने भनी चप्पल लगाएर भागेको बताएकी थिइन्।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...