नयाँ विकल्प,
काठमाडौं – गृहमन्त्रालयले १५ जिल्लाका सीडीओको सरुवा गरेको छ ।
मन्त्रालयको निर्णयअनुसार १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने ३ जनालाई मन्त्रालयमा तानिएको छ ।
गृह मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन् ।
यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएका छन् भने गुल्मीमा पुण्ड विक्रम पौडेलको सरुवा भएका छन् ।
त्यस्तै गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ ।
शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ ।
मोरङका सीडीओ कोषहरि निरौला भने मन्त्रालय तानिएका छन् ।
दीपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ ।
यी हुन् सरुवा हुने प्रमुख जिल्ला अधिकारी (सूचीसहित)


काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...