
नयाँ विकल्प,]
काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरुमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताएका छन्।
अनेरास्ववियु क्रान्तिकारीको २४ औँ क्याम्पस जिल्ला सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले सङ्गठनका हरेक तहमा युवाहरुले आफ्नो नेतृत्व आफैँ छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताए ।
सरकारका अर्थ मन्त्री समेत रहेका नेता शर्माले प्रतिस्थापन विधेयकमार्फत सरकारले देशका हरेक वडामा ‘लेडिज फर्स्ट’ (महिला पहिला) कार्यक्रम ल्याएको उल्लेख गर्दै यसको मर्मअनुसार हरेक निकायमा महिलालाई नेतृत्वदायी तहमा जिम्मेवारी दिन आग्रह गरे ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...