सुदूरपश्चिममा आर्थिक मामिला तथा योजना मन्त्री र एक राज्यमन्त्री नियुक्त – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सुदूरपश्चिममा आर्थिक मामिला तथा योजना मन्त्री र एक राज्यमन्त्री नियुक्त


नयाँ विकल्प,

कैलाली – सुदूरपश्चिम प्रदेशमा शुक्रबार मन्त्रिपरिषद् विस्तार भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएकी छन् ।

उनलाई प्रदेश प्रमुख गङ्गाराज यादवले आज साँझ पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। लामा नेकपा (एकीकृत समाजवादी) कञ्चनपुर क्षेत्र नम्बर १ क बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

यस्तै, अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छन् ।

उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ ग्रहण गराएका हुन् ।

बोहरा बझाङबाट प्रतितिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् ।


सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा माओवादी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार रहेको छ ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ आश्विन १, २०: ५०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ आश्विन १, २०: ५०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ आश्विन १, २०: ५०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...