८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा

नयाँ विकल्प,


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीको कैद कट्टा गरेकी छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गरेकी हुन् ।


आज राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरेर हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो ।

गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन २, २०: २९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन २, २०: २९

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन २, २०: २९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...