
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट पारित भई सुझावसहित प्राप्त भएको विनियोजन विधेयक, २०७८ बिचार गरियो भन्ने प्रस्तावलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले स्वीकृत गरेको छ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ सभासमक्ष पेश गरेका थिए।
सो विधेयक सभामा पेश गर्न अनुमति माग्ने प्रस्तावका बिषयमा छलफलमा भाग लिन अध्यक्ष तिमिल्सिनाले सभाका सदस्यले समय दिए पनि कसैले पनि सुझाव दिएनन्। त्यसपछि सो विधेयक बिचार गरियोस भन्ने प्रस्ताव राख्दा बहुमतले स्वीकृत भएको थियो।
बिनियोजन बिधेयकमाथि सदनमा छलफलमा भाग लिन चाहने सांसदलाई असोज ७ गते बिहिबार अघि नै नाम टिपाउने समय उपलब्ध गराइएको अध्यक्ष तिमिल्सिनाले बताए । सरकारले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिष्थापन गर्न ल्याएको बिनियोजना बिधेयक राष्ट्रिय सभालाई पारित गरेपछि राष्ट्रपतिबाट लालमोहर लागेपछि मात्र कार्यान्वयनमा आउँछ।

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...