
नयाँ विकल्प,
विकाठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।
नियुक्तिको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई गैरकानुनी हिसाबले हटाएर कुलमानलाई नियुक्त गरिएको भन्दै घिसिङको नियुक्ति खारेज गरेर आफूलाई नै कार्यकारी निर्देशक कायम गर्न माग गर्दै रिट दिएका थिए ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासले घिसिङको नियुक्तिमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।
अन्तरिम आदेश दिनु पर्ने नपर्ने निर्णय गर्न इजलासले हितेन्द्रदेव शाक्यलाई हटाउने र कुलमान घिसिङ नियुक्त गर्ने सक्कल फाइल मगाएको थियो ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...