कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने निश्चित – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्ने निश्चित


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्का परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो ।

यस्तै, खड्काको सपथ बुधबार अर्थात भोलि हुने भनिएको छ ।

गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायत छलफलमा जुटेका छन् ।

आज सरकारमा जाने मन्त्रीहरुको टुंगो लाग्ने बताइएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन ५, २१: ०१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन ५, २१: ०१

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन ५, २१: ०१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...