प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धनको छलफल जारी – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ गठबन्धनको छलफल जारी

नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बालुवाटारमा मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन बुधबार साँझ गठन्धन जारी आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनका नेताहरुको तयारी छ ।

अध्यादेशले जसपा र एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने कुरामा समस्या भए माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रका प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने स्थायी कमिटीमा बैठकमा बताएका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीका कारण भएको क्षतिप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँद्वारा दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह
रसुवा बाढीका कारण भएको क्षतिप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँद्वारा दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह
  • २०७८ आश्विन ६, २०: २३

हेटौंडा : चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवा र नुवाकोट लगायतका जिल्लामा पुगेको भौतिक तथा मानवीय क्षतिप्रति नेपाली कांग्रेस...

भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
  • २०७८ आश्विन ६, २०: २३

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन...

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ आश्विन ६, २०: २३

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...