
नयाँ विकल्प,
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको हिजो मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँच समूह बनाइ समूहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समूहका नेताले सुझावसहित प्रस्तुत गरेको र त्यो प्रतिवेदन महत्त्वपूर्ण सुझाव समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
समूह नं.१ बाट रामकुमार झाँक्री, समूह नं.२ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उनले जानकारी दिए ।
बैठकमा जनताको बहुदलीय जनवाद (जबज) को सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई समात्दै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । आफूहरू तत्कालीन एमालेजस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहेको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको बताए ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...