
नयाँ विकल्प,
काठमाडौं -– असोज ११ गतेदेखि दशैँका लागि उपत्यकाबाट बाहिरिनेहरुका लागि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ भएको छ ।
यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरू नहुने बताएका छन् ।
महासङ्घले भाडा समायोजनको विषयमा सङ्घीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।
अनलाइन प्रविधिमाफत बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...