‘कति सजिलै सर्छ अधिवेशनको मिति,नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने’ ? – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

‘कति सजिलै सर्छ अधिवेशनको मिति,नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने’ ?


नयाँ विकल्प

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीको महाधिवेशनको मिति फेरि सार्ने प्रस्तावबारे असहमति जनाएका छन् ।।
शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको १४ औँ महाधिवेशन फेरि सार्ने प्रस्तावबारे असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति, १३ जिल्लाको वडा अधिवेशनकै टुङ्गो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ’

यस्तै नेता थापाले अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? भनेर सोच्न पनि आग्रह गरे ।

महाधिवेशनको प्रक्रियाअन्तर्गत तल्ला तहको अधिवेशनका विषयमा नेताहरूबीच विवाद भएपछि संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेको छ ।

पटक–पटक सारिँदै आएको पार्टीको अधिवेशन पछिल्लो पटक आउँदो मङ्सिर ९ देखि १३ गतेसम्म तोकिएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन ८, २०: २३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ आश्विन ८, २०: २३

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन ८, २०: २३

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...