
नयाँ विकल्प
चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताएका छन् ।
शुक्रवार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता बादलले आउँदो चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिए ।
उनले भने , ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’
नेता बादलले पुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र देशको समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाए ।
नेता थापाले सभामुख अग्निप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको समेत बताए ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...