
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका तीन नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
आसन्न महाधिवेशनमा सहमतिमा उम्मेदवारी दिने लगायतका विषयमा छलफल शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवासमा भएको छलफलमा उनीहरुबीच भएको बताइएको छ ।
यसअघि नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।
निधि, कोइराला र सिंहबीच आसन्न महाधिवेशनमा सभापति पदका अन्य आकांक्षी नेताहरुसँग पनि छलफल गरेर सहमतिमा नेतृत्व चयन गर्नेलगायतका विषयमा पनि कुराकानी भएको छ ।
यसैगरी महाधिवेशनका विषयमा उत्पन्न आशंकाहरुलाई चिर्न निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने विषयमा पनि उनीहरुबीच सहमति भएको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...