३३ किलो सुन तस्कर प्रकरणबारे साढे तीनवर्षपछि अन्तिम सुनुवाइ हुँदै – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

३३ किलो सुन तस्कर प्रकरणबारे साढे तीनवर्षपछि अन्तिम सुनुवाइ हुँदै

नयाँ विकल्प,

काठमाडौं – साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आइतबारदेखि सरु भएको छ ।

साढे ३३ किलो सुन तस्कर प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी १ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरु भएको हो ।

घटनाको साढे ३ वर्षपछि मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाई न्यायाधीश भरत लम्सालको इजलासमा सुरु भएको बहस भोलिसम्म जारी रहने छ ।

यसअघि प्रमाण बुझ्ने, साक्षी बकाउने लगायतको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिसकिएको छ ।

उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्य, सम्बिर प्रेतोलोङसमेत दुई तथा सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ ।

मुद्दामा सनम शाक्यका दाजु सञ्जिव शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ आश्विन १०, २१: २२

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ आश्विन १०, २१: २२

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ आश्विन १०, २१: २२

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...