
नयाँ विकल्प,
रुकुम – रुकुम पूर्वमा नेपाली कांग्रेसको पालिका अधिवेशन सहमतिबाटै गाउँ कार्य समितिको नेतृत्व टुङ्ग्याएको छ ।
सिस्ने गाउँपालिकामा पुरानै सभापति मदन बिसीको सभापतित्वमा ४७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
जसको उप–सभापतिमा बचन झाँक्री मगर र गोविन्द शाह, सचिवमा हेमन्त खत्री र भक्तबहादुर दमाई, सह–सचिवमा अर्जित हमाल र प्रेम शाहीलाई चयन गरिएको छ ।
यसैगरी भूमे गाउँपालिकामा पनि पुरानै सभापति दिनेश रोकाको सभापतित्वमा ५२ सदस्यीय गाउँ कार्यसमिति चयन गरिएको छ ।
भूमे गाउँ कार्य समितिको उप–सभापतिमा प्रेम पुन र कमला ओली, सचिवमा शिशिर पुन र वीरेन्द्रकुमार घर्ती, सह–सचिवमा राजकुमार बुढा र हरि पुनलाई चयन गरिएको छ ।
उत्तरगंगा गाउँपालिकामा भने सतस बुढाको सभापतित्वमा ७७ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ ।
उप–सभापतिमा वीरबल रोका र मायापुरा विक, सचिवमा जुनकुमारी विक र नरेश पुन, सह–सचिवमा श्याम बुढा र गीता सुनुवार चयन गरिएको छ ।
कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने र गाउँ कार्य समितिको बैठकले अनुमोदन गर्ने नेपाली काँग्रेस रुकुम पूर्वले जनाएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...