आज बसेको मन्त्रिपरिषद् बैठकको यस्तो छ निर्णय – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

आज बसेको मन्त्रिपरिषद् बैठकको यस्तो छ निर्णय

नयाँ विकल्प,

काठमाडौं – सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्ब बैठकले गुल्मीका पत्रकार सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै सरकारले समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गर्न पनि स्वीकृत दिइएको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यस्तै सरकारले डोटीमा रहेको शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन ११, २०: २१

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन ११, २०: २१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन ११, २०: २१

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...