
नयाँ विकल्प,
काठमाडौं– परराष्ट्र मन्त्री डा नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतविना नै भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
रिटको पेसी भोलि बुधवारका लागि तोकिएको छ ।
गएको असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए तर आज रिट दर्ता गराएका अधिवक्ता विशाल न्यौपानेले संविधानअनुसार कानुन बनाएर शपथ नलिएसम्म खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा काम नगर्न र नगराउन अन्तरिम आदेशको माग गरेका हुन् ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...