नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेस नेता सिंहको भनाइ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेस नेता सिंहको भनाइ


नयाँ विकल्प ,

काठमाडौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेता सिंहले पार्टीको आउँदो १४ औँ महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन नभए नेपाली नागरिकले आउँदो चुनावमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने दाबी गरे ।

बुधवार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै सिंहंले नागरिक र पार्टीका कार्यकर्ताको भावना बुझेर पार्टीका नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न आग्रह गरिरहेको बताए ।

कांग्रेस नेता सिंहले जिल्ला–जिल्लाका कार्यकर्ताहरुले पार्टीको नेतृत्व लिन आफूलाई दबाब दिइरहेको दाबीसमेत गरे ।

गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरुले गाली गर्ने गरेको समेत सुनाए ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन १३, २०: ५०

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन १३, २०: ५०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन १३, २०: ५०

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...