
नयाँ विकल्प,
ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिन प्राथमिकतामा परेका नागरिकले अनिवार्य रुपमा खोप लगाउन आग्रह गरेकी छन् ।
उनले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधिकतमरुपमा मापदण्ड अपनाउन र खोपमा सहभागी हुन आग्रह गरिन् ।
चैतभित्र सबैलाई खोप लगाउने सरकारको लक्ष्य भएकाले नजिएको चाडपर्वमा सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्न समेत आग्रह गरिन् ।
गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई माथि उठाउनकै लागि २० युनिटसम्म विद्युत् खपत गर्ने जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराइएको जानकारी दिइन् ।
आफूले मन्त्रालय सम्हालेपछि विद्युत् महसुल दरमा कम गरेको उल्लेख गर्दै डलरमा खरिद गरिएको खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको प्रयोगलाई कम गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशबारे वरिष्ठ अधिवक्ता यदुनाथ खनालले त्यसको कानुनी तथा राजनीतिक अर्थबारे...
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...