‘उत्तराधिकारी घोषणा गर्नु त काल हो’ : प्रचण्ड – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

‘उत्तराधिकारी घोषणा गर्नु त काल हो’ : प्रचण्ड

नयाँ विकल्प,

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको बताएका छन् ।

यद्यपि उनले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् ।

अनेरास्वनियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले किताब लेखेर बस्न पाए आफू सबभन्दा बढी खुसी हुने बताए ।

तर माओले लिनप्याओले गरे जस्तो अहिले उत्तराधिकारी घोषणा गर्ने गल्ती नगर्ने उनले बताए ।

प्रचण्डले अघि भने, लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो ।

‘उत्तराधिकारी घोषणा गर्नु त काल हो । म किन भन्ने त्यो भन्दिनँ ।’

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ आश्विन १४, २१: ०७

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन १४, २१: ०७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन १४, २१: ०७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...