
नयाँ विकल्प,
काठमाडौं – प्रहरी प्रधान कार्यालयले दसैँमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन दिएको छ ।
प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरूलाई सर्कुलर जारी गरेको हो ।
प्रहरी प्रधान कार्यालयले भनेको छ–‘अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिनु ।’
जिल्लाका इन्चार्जहरूलाई पर्व बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए ।
कुँवरले काजकिरिया बिदाबाहेक अन्य बिदा अहिले नदिने बताए ।
दसैँ, तिहार र छठलाई केन्द्रित गरेर प्रहरीले देशभर चाडपर्व सुरक्षा योजना लागु गरेको छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...