
नयाँ विकल्प,
काठमाडौ- नेपाली काग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा निलकाजी शाक्य विजयी भएका छन् ।
शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।
शाक्य प्यानलबाटै उपसभापतिमा निर्वाचीत सुशीला ढकालले ८४१ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी भरत तण्डुकारले जम्मा २१५ मत ल्याएका थिए भने सन्तकुमार महर्जनले प्रतिद्धन्दी सुविर नाथ खनाललाई ५२३ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
महर्जनले ८०१ मत ल्याउँदा खनालले २७८ मत प्राप्त गरेका थिए ।
यस्तै सचिवमा निर्वाचित सुशन वैद्यले ८३५ मत प्राप्त गरेका थिए भने पुरुषोत्तम खकुरेल ७५९ मत पाएका थिए ।
यस्तै सहसचिवमा निर्वाचित विमला लामिछाने ८३१ मत पाउदा र अमृत मानन्धरले ७७२ मत पाएकी थिइन् ।
शाक्यले प्रतिद्वन्द्वी रञ्जितले भन्दा ४५७ मत प्राप्त गरी काठमाडौंको सभापतिमा निवार्चित हुँदा कांग्रेस संस्थापन पक्षलाई भने धक्का लागेको छ ।
नवनिर्वाचित सभापति शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो ।

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...