न्यायपालिका र सरकारविरुद्ध आन्दोलन गर्न बाध्य नबनाउन नेपाल बार एसोसिएशनको आग्रह – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

न्यायपालिका र सरकारविरुद्ध आन्दोलन गर्न बाध्य नबनाउन नेपाल बार एसोसिएशनको आग्रह


नयाँ विकल्प,

काठमाडौं– नेपाल बार एसोसिएशनले गठबन्धनमा प्रधानन्यायाधीश ? मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा ? लगायतका शीर्षक राखी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमवार विज्ञप्ति निकालेर बार एसोसिएशनले राज्यका निकायबीचको शक्ति सन्तुलन र नियन्त्रण, शक्ति पृथकीकरणको सिद्धान्त, संवैधानिक सर्वोच्चता, स्वतन्त्र, सक्षम र निष्पक्ष न्यायपालिकाको अवधारणा प्रतिकूल हुने यस्ता क्रियाकलापको सधैँ विरोध र भत्र्सना गर्ने बताएको हो ।


विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यममा आएका यी समाचार सत्य भए यो अत्यन्तै असंवैधानिक र राज्य संयन्त्रमै दखल पुग्ने, संविधानको घोर उल्लङ्घन भइ अराजकता बढ्ने र अन्ततः असफल देश बन्ने–बनाउनेतर्फ राजनीतिक दलका नेता तथा संवैधानिक जिम्मेवारीमा रहेकाहरू संलग्न हुने सबैको चिन्ताको विषय हो’,

यदि यो विषयलाई समान्य रूपमा लिइ अगाडि बढ्ने प्रयास भएमा नेपाल बार एसोसिएशन न्यायपालिका र सरकारविरुद्ध पनि विरोध र आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बताइएको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन १८, २१: २१

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ आश्विन १८, २१: २१

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ आश्विन १८, २१: २१

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...