
नयाँ विकल्प,
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन् ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशाङ्क कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन् ।
नयाँ बानेश्वरमा रहेको उपसभापति निधिको निवासमा आज सोमवार दिउँसो बसेको तीन नेताको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नगर्न सचेत गराएका छन् ।
सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेकाले छिटो भन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए ।
नेताहरूबीच १४ औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ ।
त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी चार जिल्लाको विवाद छिटो टुङ्गो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ ।
पार्टीको १४ औँ महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिए ।
नेपाली कांग्रेसको बारा, रौतहट, सप्तरी र रसुवामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुङ्गो लागेको छैन ।
त्यसमा पनि नेताहरूले चिन्ता व्यक्त गरेका छन् ।
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...