अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

नयाँ विकल्प,


काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा नाराबाजी र कुर्सी हानाहान भएको छ ।

विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि कुर्सी हानाहान भएको हो ।


सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पदाधिकारी र केन्द्रीय कमिटीको नाम घोषणा गर्ने तयारी भएपनि विधानविपरीत सदस्य संख्या थप्न खोजिएको भन्दै नाराबाजी र कुर्सी हानाहान गरेका हुन् ।

विरोध र नाराबाजीपछि अध्यक्षबाहेक केन्द्रीय कमिटी घोषणा हुन नसकेको विद्यार्थी नेताहरुले बताएका छन् ।


१४ असोजबाट सुरु भएको सम्मेलनमा नाराबाजीका कारण अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरिएको उनीहरुको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई बनाउने निर्णय भएको थियो ।

महासचिवमा दीपेश पुनको नाम घोषणा गर्न लाग्दा प्रतिनिधिहरुले त्यसमा पनि विरोध जनाएका थिए ।

पुन यसअघि उपाध्यक्ष रहेका थिए ।

अखिल क्रान्तिकारीको विधानमा २५ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको विद्यार्थी नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन १८, २२: २९

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन १८, २२: २९

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ आश्विन १८, २२: २९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...