
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता प्रकाशमान सिंहले पार्टीको आगामी १४औं महाधिवेशनमा आफू पार्टी सभापतिमा उम्मेदवार हुने बताएका छन्। कांग्रेस नागार्जुन नगर समितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले यो अधिवेशनमा सभापति पदमा उठ्ने बताएका हुन्।
२०७२ को १३औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै सिंहले भने ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’
उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको भन्दै पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको बताए। ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन’ उनले भने।
पार्टीलाई संस्थागत गर्नुपर्ने बताउदै कांग्रेसमा गुट नै गुट रहेकोतर्फ संकेत गर्दै ‘ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेस’ भन्दा नेपाली कांग्रेस जनताले खोजेको बताए। नेताले खोजेजस्तो नेपाली कांग्रेस १४ औं महाधिवेशनपछि आउने सिंहको भनाइ थियो।
आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै ‘त्याग नै त्याग भनेर मात्र हुन्छ? १३औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’

आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको उनले बताए। ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपयो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्याे। पार्टी संस्थागत गर्नुपर्यो। जनतालाई सहयोग गर्नुर्पयो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’
उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने।



चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...