
नयाँ विकल्प,
काठमाडौं – महोत्तरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री राउतले बुधवार प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका हुन् ।
राउतले प्रदेश सभामा रहेका एक सय चार जना सदस्यमध्ये ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिएका हुन् ।
उनलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् ।
उनको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदको गरी २३ मत परेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...