फेरि सर्‍याे कांग्रेसको महाधिवेशन,दसैँअघि क्रियाशिल सदस्य विवाद टुंग्याउने – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

फेरि सर्‍याे कांग्रेसको महाधिवेशन,दसैँअघि क्रियाशिल सदस्य विवाद टुंग्याउने

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले कांग्रेसको महाधिवेशन मिति सर्ने नेताहरुबिचमा सहमती भएको सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।


कांग्रेस मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ ।

विवाद नटुंगिएको जिल्लामा अधिवेशनसमेत सुरु हुन नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति पर सार्ने सहमती भएको सहमहामन्त्री महतले बताए ।

यद्यपि महाधिवेशन कहिले गर्ने भनेर मिति तोकिएको छैन ।

महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी छलफल भइरहेको छ ।

हालसम्म ८ जिल्लामा तल्लो तहको अधिवेशन समेत हुन सकेको छैन ।

कांग्रेसले दसैँअघि क्रियाशिल सदस्य विवाद टुंगो लगाउने र हालसम्म अधिवेशन हुन नसकेका जिल्लामा सो अवधिमा सुरुवात गर्ने तयारी गरेको उनले बताए ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ आश्विन २०, २१: २७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन २०, २१: २७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ आश्विन २०, २१: २७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...