६०.५६ अङ्कले बढ्यो शेयरः कारोबार भने करिव २ अर्ब ६८ करोड – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

६०.५६ अङ्कले बढ्यो शेयरः कारोबार भने करिव २ अर्ब ६८ करोड


काठमाडौं । नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंकहरुको ब्याजदरमा नियन्त्रण गरेपछि शेयर बजारमा सकारात्मक प्रभाव देखा परेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढोत्तरीमा नियन्त्रण गर्ने निर्णय गरेको थियो।


बुधबार शेयर बजार ६०.५६ अंकले वृद्धि भएर २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ। यो वृद्धिदर २.४१ प्रतिशत हो। बुधबार कुल २१७ कम्पनीको ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको थियो। बुधबार कारोबार रकम भने मात्र २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भयो।


निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता निरास हुँदा पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ। बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए। आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भयो।


एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरैले घट्यो। बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नविल बैंक रह्यो। यो बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक ३, १८: ३९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ कार्तिक ३, १८: ३९

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक ३, १८: ३९

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...