
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रिएको बताएका छन्।
पार्टीको धादिङ जिल्ला धुनिबेसी नगर समितिको कार्यलयको विहीबार उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले १३ औं महाधिवेशन पछि पार्टीको नेतृत्वले विधिपद्धति र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कम्जोर भएको आरोप लगाएका हुन्।
अधिवेशन हुँदा सवैलाई पद चाहिने तर पदमा पुगेपछि काम गर्न नसक्ने परिपाटीको सुधार हुनु पर्ने भन्दै नेता सिंहले राजनिती सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुनेमा जोड दिए। ‘नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको हो’, सिंहले भने।
उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनसक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अबसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पीन नहुनेमा जोड दिए। सिंहले पार्टीको आसन्न १४औं महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए।
‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ। क्रियाशिल सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ, सिंहले भने, ‘यस अघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्छ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’
अधिवेशन त समयमा नै गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको भन्दै सिंहले पार्टीलाई ठिक ठाँउमा ल्याउन विधि र पद्धतीको सवैले सहि ढङ्गले पालना गर्नु पर्नेमा जोड दिए।
गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टी नेतृत्व पनि गर्ने उउनले दाबी गरे। पार्टीभित्रको ‘ए’काँग्रेस ‘वि’ काँग्रेस र ‘सि’ काँग्रेस हटाउनु पर्ने जनाउँदै सिंहले जनताको ईच्छा र चाहाना अनुसार काम गर्नसक्ने पार्टीको रुपमा काँग्रेसकालाई पुनः स्थापित गर्न आफु लागि परेको दाबी गरे।
‘हरेका आन्दोलनमा आफुले संघर्ष गर्दै आएको छु। गणेशमानको छोरा भएर मात्र राजनितीमा आएको होइन। राजनितीमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष र धेरै अबरोधहरुको समाना गर्दै आएको छु’ सिंहले भने, ‘अरु क्षेत्रमा असफल भएर आफु राजनितीमा आएको व्यक्ति होइन, अब जनताले चाहेको आर्थिक सम्पन्ताको अभियानमा पनि काँग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागी ठिक नेताको आवश्यक रहेको छ।’

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...