नेपाली सेनाका सिपाही अब बढुवाबाट अधिकृत हुन पाउने – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

नेपाली सेनाका सिपाही अब बढुवाबाट अधिकृत हुन पाउने


काठमाडौं । नेपाली सेनाले जंगी सेवाका तल्लो तहका सिपाहीहरुले आफ्नो योग्यता प्रस्तुत गर्न सकेमा अधिकृतमा बढुवा हुने बाटो खुलेको छ। नेपाली सेनाले सैनिक नियमावली संशोधन गरी सिपाहीबाट भर्ना भएकालाई बढुवाबाटै अधिकृतसम्म पुग्ने बाटो खुल्ला गरिदिएको हो।


गत भदौ १४ गते सैनिक सेवा नियमावलीको चौथो संशोधन भएको सूचना राजपत्रमा प्रकाशित भएपछि अब तल्लो तहका कर्मचारीले पनि अधिकृत हुने अवसर पाउने भएका हुन्। पछिल्लो समय सेनाको सीपाही तहमा भर्नामा अपेक्षाभन्दा कम आवेदन पर्न थालेपछि बढुवाबाट समेत अधिकृत बन्न सक्ने प्रावधान संशोधन गरिएको हो।

संशोधन अन्तर्गत अधिकृतस्तरको सबैभन्दा आधारभूत पद सहायक सेनानी (सकेन्ट लेफ्टिनेन्ट)मा पदपूर्तिको व्यवस्था संशोधन गरिएको छ। यसअघि सहायक सेनानीमा रिक्त पदमध्ये खुला प्रतियोगितामार्फत ७० प्रतिशत तथा बाँकी ३० प्रतिशत पदमा आन्तरिक प्रतियोगितामार्फत पदपूर्ति हुन्थ्यो।

अब १० प्रतिशत बढुवा तथा आन्तरिक प्रतियोगितामार्फत २० प्रतिशत र बाँकी ७० प्रतिशत भने खुला प्रतियोगिताबाटै पदपूर्ति हुने भएको छ । सहायक सेनानीमा कम्तीमा २२ वर्ष सेवा अवधि पुगेका प्रमुख सुवेदार र सुवेदार बढुवाका उम्मेदवार हुने संशोधित नियमावलीमा उल्लेख गरिएको छ।

यसअघि सिपाहीमा भर्ना भएकाहरू बढुवा भएर प्रमुख सुवेदारसम्म हुन पाउँथे। प्रमुख सुवेदारहरु सेवानिवृत्त हुने अन्तिम समयमा भने केहीलाई मानार्थ सहायक सेनानीको दर्जा दिने चलन छ। अब भने रिक्त सहायक सेनानी पदमा बढुवाबाटै पनि पदपूर्ती हुने व्यवस्था गरिएको छ।

सहायक सेनानीमा बढुवा हुन अन्तिम तीन वर्षको कार्यसम्पादन मूल्यांकन नम्बर न्यूनतम ६५ प्रतिशत ल्याएको हुुनुपर्ने प्रावधान नियमावलीमा राखिएको छ। नियमावलीमा सेनाको प्युठबाट सेवा गरेको जंगी सेवाको नेपाली बढुवा भएर सहायक सेनानीभन्दा माथि उपसेनानी पदमा बढुवा हुन सक्ने कि नसक्ने भन्नेमा स्पस्ट व्यवस्था गरिएको छैन।

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ कार्तिक ४, १४: ३५

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक ४, १४: ३५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक ४, १४: ३५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...