
काठमाडौं । नेपाली कांग्रेसको बाढी पहिरो विपद् व्यवसथापन केन्द्रीय समन्वय समिति हालैको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र नदी कटान जस्ता प्राकृतिक विपत्तिबाट ज्यान गुमागएका व्यक्तिका परिवारका सदस्यलाई प्रतिपरिवार २५ हजार रुपैयाँ नगद सहयोग गर्ने भएको छ।
समितिका केन्द्रीय संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाढी पहिरोका कारणले देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएको खबरले समितिलाई स्तब्ध तुल्याएको भन्दै विगतका दिनहरुमा झैं विपत्तीमा परी ज्यान गुमाएका मृतकको परिवारलाई २५ हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने जानकारी दिएका छन्।
प्राकृतिक विपत्तिको मारमा परेका पीडितको उद्धार तथा राहत कार्यलाई निरन्तरता दिन र भौतिक संरचना निर्माणलाई तिब्रता दिन समितिले नेपाल सरकार र सरकारका सबै निकायहरु, गैरसरकारी निकाय र संस्थाहरु तथा स्वदेश र विदेशमा रहेका सहयोगी मनका धनी व्यक्तिहरु, उद्योगी तथा व्यवसायीहरुलाई पीडितलाई सहयोग गर्न समितिले अनुरोध गरेको समिति सदस्य सचिव तथा कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले जनाए।

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...