पहिरोले जनधनको ठूलो क्षति भएको बझाङ र डोटीमा मन्त्री लिएर पुगे प्रधानमन्त्री – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

पहिरोले जनधनको ठूलो क्षति भएको बझाङ र डोटीमा मन्त्री लिएर पुगे प्रधानमन्त्री


काठमाडौं । विगत तीन दिन यता आएको अबिरल बर्षाको कारण जनधनको ठूलो क्षति भएपछि पीडितका परिवारलाई बुधबार आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक डाकेर राहत प्याकेजको निर्णय गराएको भोली पल्ट प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिहरुसहित स्थलगत निरिक्षणमा निस्किएका छन्।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको हेलीप्याड प्रयोग गर्दै प्रधानमन्त्री देउवा बुधबार बिहान सुर्खेत हुँदै बझाङ, डोटी र कञ्चनपुरको बाढी, पहिरोले पुयाएको क्षतिको जानकारी लिन स्थलगत निरिक्षणमा निस्किएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री देउवा ९ बजे सुर्खेतको लागि उडेका थिए।


सुर्खेतमा हेलीकोप्टर रिफ्युलिङ गरी केही बेरको आरामपछि प्रधानमन्त्रीको टोली हेलीकोप्टरमार्फत दिपायलस्थित नेपाली सेनाको ब्यारेकमा गएर घटनाको सूचना र जानकारी लिएको थियो। दिपायलबाट बझाङको थलारादेखि बझाङ सदरमुकाम चैनपुरसम्मको अवलोकन गरी प्रधानमन्त्री देउवाको निरिक्षण टोली चैनपुर सैनिक व्यारेकमा सुरक्षा र प्रशासनिक निकायका जिल्ला स्थित प्रमुखहरुको ब्रिफिङ सुनेका थिए।


प्रधानमन्त्री देउवाको टोलीले बझाङ सदरमुकाम चैनपुरदेखि बैतडीको ढुंगाड क्षेत्रको स्थलगत अबलोकन गरेको थियो। ढुंगाढबाट प्रधानमन्त्रीको टोली डडेलधुरा सदरमुकाम नजिक रहेको दह सैनिक व्यारेकमा खाना खाएर घटना विवरणको जानकारी लिएको छ।


सैनिक व्यारेक दहबाट प्रधानमन्त्रीको टोली डडेलधुराकै जोगबुढा क्षेत्रको स्थलगत अबलोकन गरेको छ । जोगबुढाबाट प्रधानमन्त्रीको टोली सैनिक व्यारेक महेन्द्रनगर गएर आवश्यक सूचना र जानकारी लिने भएका छन्। महेन्द्रनगर सैनिक व्यारेकबाट प्रधानमन्त्रीको टोलीले आजै महाकाली नदी किनारा र नदीले पुर्याएको क्षतिको स्थलगत अबलोकन गर्ने भएको छ।


ब्रम्हदेवबाट प्रधानमन्त्रीको टोलीले महाकाली नदी पारीको दोधारा र चाँदनी क्षेत्रको अबलोकन गरी सााझ धनगढीस्थित होटल डिभोटीमा बास बस्ने भएको छ। प्रधानमन्त्री देउवाको टोली शुक्रबार बिहान उपयुक्त समयमा मात्र बालुवाटार फिर्ता हुने भएको छ।


प्रधानमन्त्री देउवाको निरिक्षण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम बहादुर आले, कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायर रहेका छन्। डडेलधुरा प्रधानमन्त्री देउवाको गृह जिल्ला समेत हो।


अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परेर देशभर ८८ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। डोटीमा मात्र १४ जनाको मृत्यु भएको थियो भने बझाङमा २१ जना हराइरहेका छन्।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक ४, १६: ०२

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ कार्तिक ४, १६: ०२

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ कार्तिक ४, १६: ०२

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...