इन्द्रावति गाउँपालिका उपाध्यक्षको शनिबार निधनः आज अन्त्येष्टि हुँदै – Naya Bikalpa
August 10, 2026, Monday      Epaper
नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापतिलाई पत्नी शोकः

इन्द्रावति गाउँपालिका उपाध्यक्षको शनिबार निधनः आज अन्त्येष्टि हुँदै



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामा पत्नी शोकमा परेका छन्। लामाकी श्रीमती तथा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित भएकी मीरा अधिकारी लामाको शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।


तीन साताअघि गत असोज दोश्रो सातादेखि बिरामी भएकी उपाध्यक्ष मीरालाई असोज १९ गते शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो। एक सातादेखि बिसन्चो भएपछि अस्पताल भर्ना गरिएकी मीराको स्वास्थ्य परिक्षण गर्दा बोन म्यारो (हड्डी भित्रको मासी) क्यान्सर भएको पत्ता लागेको थियो।

शरिरमा रगतको कमी देखिएपछि उनलाई ओ पोजेटिभ रक्त समूह भएका सर्वसाधरणसँग रक्तदानको लागि गत कात्तिक १ गते सार्वजनिक रुपमा आव्हान समेत गरिएको थियो। निधन भएकी मीराको अन्त्येष्टि आजै बौद्य धार्मिक संस्कारअनुसार काठमाडौंमै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

तीन साताअघि मात्र कांग्रेस सिन्धुपाल्लोकका पूर्वक्षेत्रिय सभापति तथा महासमिति सदस्इ बद्री चौलागाईंलाई समेत पत्नी शोक परेको थियो। चौलागाईंकी श्रीमती निर्मलाको असोज २२ गते निधन भएको थियो। केही दिनअघि मात्र मीराका पति तथा कांग्रेस सिन्धुपाल्चाेक सभापति विकास लामाले श्रीमतीकाे स्वास्थ्य लाभकाे लागि भगवानसँग प्रार्थना गर्दै सामाजिक सञ्जालमा अस्पतालकाे बेडमा रहेकी श्रीमतीकाे तस्बीरसहित स्टाटस पाेष्ट गरेका थिए।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक ७, १३: ४९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ कार्तिक ७, १३: ४९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ कार्तिक ७, १३: ४९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...