
जनकपुर। नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंबाट जनकपुर पुगेका सिंहले नेपाल प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाउनु भएको हो।
केही जिल्लाको महाधिवेशन सकिँदा केही जिल्लाको क्रियाशील सदस्यता नै नटुग्याउनु नेतृत्वको चरम अक्षमता र लापरवाही भएको आरोप लगाउँदै सिंहले पदाधिकारीहरुले महाधिवेशनलाई निकै हल्का रुपमा लिएर चार चार पटक मिति परिवर्तन भएकाले अब कुनै हालतमा पनि मिति सार्न नदिने चेतावनी दिए।
तोकिएको समय मंसिर ९ मै केन्द्रीय महाधिवेशन गरिनुपर्नेमा जोड दिँदै उनले आफ्नो स्वार्थ पुरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको सिंहको आरोप थियो। उनले निर्वाचन समितिलाई तत्काल क्रियाशील सदस्यको सूची जिम्मा लगाउन नेतृत्वसँग आग्रह समेत गरे।
‘१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेरै छाड्छु, महाधिवेशन शुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ’, सिंहले भने ‘महाधिवेशनलाई खेलाँचीका रुपमा लिइएमा सह्य हुँदैन १४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ । म सभापतिको अभियानमा होमिइसकेँ।’

पार्टीलाई संस्थागत गर्ने एकसूत्रीय अभियान आफ्नो रहेको भन्दै उनले भने ‘ए कांग्रेस, बी कांग्रेस भन्ने गुटको अबधारणा समाप्त गर्नुपर्दछ। विधि, नियम अनुसार चल्ने पार्टी बनाउने मेरो ध्येय छ।’
सिंहले नागरिकता लगागायत मधेसका मुद्धाहरु विधि प्रक्रिया अवलम्बन गर्रेर तत्कालै हल गर्नु पर्ने भन्दै मधेस र हिमाली क्षेत्रमा सिमाना जोडिएका नागरिक नै सच्चा देश भक्त रहेको बताए। नेता सिहलाई जनकपुरमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, किरण यादव, निवर्तमान सांसद मुक्ता यादब लगायतले स्वागत गरेका थिए। नेता सिंह आजै महोत्तरीमा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन्।

भिडियाे…
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...