झापाली बाढीले पीडितः ओलीको ध्यान ‘मार्सीधान’को प्रशंसामा – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

झापाली बाढीले पीडितः ओलीको ध्यान ‘मार्सीधान’को प्रशंसामा

काठमाडौं । बेमौसमी बर्षाले झापाली किसान प्रताडित भइरहँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने मेडिकल माफियाको नाईके भनेर चिनिएका बी एण्ड सी अस्तालका लगानीकर्ता दुर्गा प्रसाईको औपचारिक कार्यक्रममा प्रसंशा र स्तुतिगानमा मस्त भउका छन् ।

औपचारिकरुपमा एमालेमा प्रवेश गराउने कार्यक्रम आफैले आयोजना गरेका प्रसाईंको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन ओली नेतृत्वको तत्कालिन सरकारले मेडिकल काउन्सिलका पदाधिकारीलाई दबाब समेत दिएका थिए ।

काउन्सिलका निर्देशक कृष्ण गिरीलाई बालुवाटार नै बोलाएर तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई दबाब र धम्की समेत दिएका थिए ।

प्राध्यापक तथा डाक्टर गोविन्द केसीले मेडिकल माफिया भनेर सार्वजनिक रुपमा चिनाउने गरेका प्रसाईं तत्कालिन नेकपा एमाले र नेकपा माओबादीबीच एकीकरण प्रकृया चल्दै गर्दा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा बोलाएर एकै ठाउँ राखी मार्सी चामलको भात ख्याएरु पार्टी एकीकरणमा लागेको सार्बजनिक गरेका थिए ।

विगतमा माओबादीमा क्रियाशिल भएका प्रसाईँल आइतबार झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य केहीलाई पनि प्रवेश गराएका थिए । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटस्था मानिन्थे । तर, नेपाल कम्युनिष्ट पार्टीमा आएको विवाद र विभाजनसँग उनले कित्ता फेर्दै ओलीसँग निकट बनेका हुन् ।

हालै गोदावरीमा भएको एमालेको विधान महाधिवेसनमा प्रसाई सहभागी भएका थिए । यद्यपि, औपचारिक तवरले भने उनी एमालेमा प्रवेश गरेका थिएनन् ।

दुई वर्षअघि प्रसाईंले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जाने हरेक नेपाली महिलाले प्रमाण पत्र पाउन बंगलादेशी चिकित्सकले करणी गर्ने गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनकै अभिव्यक्तिलाई उधृत गर्दै सार्वजनिक कार्यक्रममा बोल्ने तत्कालिन कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट रुँदै राजिनामा दिएका थिए । प्रसाईंले मेडिकल काउन्सिलका पदाधिकारीलाई आफूले घुस दिन इन्कार गरेका कारण सम्वन्धन नदिएको भन्दै आलोचना गर्दै हिँड्थे ।

झापामा कात्तिक १ र २ गते आएको बर्षाले हजारौं विघा जमिनमा लगाएको धान बाढीले बगाउने, डुबाउने र हुरीले लडाउँदा झापाली किसान मर्कामा छन् । उनले बाढी पीडित र पीडित किसानसँग भने भेटघाट कार्यक्रम नभएको एमाले झापाले जनाएको छ ।

आइतबार काठमाडौंबाट यति एयरलाइन्सको जहाज चढेर एमाले संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र माओबादीबाट ८ महिनाअघि मात्र एमाले प्रवेश गरेका लेखराज भट्टसँगे ओली चन्द्रगढी एयरपोर्टमा उत्रिएका थिए । प्रधानमन्त्री हुँदा पीता मोहनप्रसादलाई भद्रपुर, चन्द्रगढी वा काठमाडौं नै बोलाएर भेट्ने ओलीले आइतबार भने पीतालाई भेट्न सोमबारे नै गएका थिए ।

विगत ४० वर्षदेखि भद्रपुर नगरपालिका वडा नं १ पृथ्पीनगरस्थित सोमबारेमा बस्दै आएका ९० वर्षीय पीता मोहनप्रसादको निवास नै पुगेका थिए । २०५१ सालदेखि ओली भाईसँग छुट्टिएर बसेका हुन् । पीता मोहनप्रसाद भने अर्का छोरा जयप्रसाद ओलीसँग बस्दै आएका छन् । बुबालाई भेट्न ओली पुग्दा कार्यकर्ता र समर्थकले सोमबारेस्थित जयप्रसाद ओलीको घरमा भिँड लागेको थियो ।

केहीबेर बुबा र छोराबीच घरको बरण्डामा राखिएको कुर्सीमै बसेर कुराकानी भएको थियो । काठे टिनले छाएको दुई तले घरमा बसेर बाबुको सन्चो बिसन्चोका कुरा गरेपछि ओली विर्तामोडतिर लागेका थिए ।

छोरासँग कुरा गरेपछि मोहनप्रसादले अब चुनावपछि एमालेले एक्लै बहुमत ल्याउने दावी गरेका थिए । उनले छोरालाई आफूले आशीर्वाद दिएको भन्दै अबको फागुनपछि ओली पुनः प्रधानमन्त्री हुने उनले दाबी गरेका थिए । ज्यातिष बिद्या भएका मोहनप्रसाद कसैको पनि चीना, हात र अनुहार हेरेर पनि भविश्यवाणी गर्ने गर्छन ।

केपी ओलीलाई षड्यन्त्र गरेर हटाए पनि जनताले फेरि सत्तामा र्पुयाउने भन्दै उनले आफ्नो आशीर्वाद सधैँ रहेको बताए । दुईपटक मिर्गौला फेरेका छोरोलाई अझै २० वर्ष केही नहुने उनले दावी गरेका थिए ।

ओलीलाई झापामा बागमति प्रदेशका निवर्तमान प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं लगायतले स्वागत गरेका थिए । आफन्त, छिमेकी र स्थानीय कार्यकर्तासँग ओलीले फोटो पनि खिचाएका थिए ।

सो कार्यक्रम सकेर गौरादल नगरपालिका ५ स्कुलचौनस्थित महिला कृषक सहकारीले निर्माण गरेको पाहुना घरको उद्घाटन गरेका थिए । त्यसपछि उनी गौरिगञ्ज पुगेका थिए ।

ओली दुई दिनसम्म झापामै बसेर मंगलबार काठमाडौं फर्किने भएका छन् । २०७५ सालदेखि झापामा एक रात पनि बास नबसेका ओलीलाई स्वास्थ्यका कारण काठमाडौंबाहिर बास नबस्न चिकित्सकले सुझाव दिँदै आएका छन् ।

ओलीको निर्वाचन क्षेत्र झापाको ५ मा पर्ने गौरीगञ्ज, गौरादह र दमकमै उनले धेरै समय दिने भएका छन् । ओलीकै पहलमा उनको निर्वाचन क्षेत्रमा पर्ने दमकमा २२ तले भ्यु टावर बन्दैछ भने दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिका क्षेत्रलाई समेटेर ४६ अर्ब रुपैयाँको लगानीमा चिनियाँ सहयोगमा ग्रिन इन्डष्ट्रि पार्क निर्माण भइरहेको छ । यो पार्क रतुवा खोलाको वारी र पारी पूर्व र पश्चिम क्षेत्रमा पर्छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ कार्तिक ८, १२: ०७

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ कार्तिक ८, १२: ०७

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ कार्तिक ८, १२: ०७

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...