
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने आफू नेतृत्वको सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्ने सर्वोच्च अदालतका पाँच न्यायाधीशको राजिनामा मागेका छन्।
सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने भनी फैसला गरेको एक सय दिन कटेपछि सो फैसला गर्ने प्रधानन्यायाधीशसहित सर्वोच्च आदालतका चार न्यायाधीशले राजिनामा दिनु पर्ने बताएका हुन्। उनले संसद पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको माग छ।
सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराको राजिनामा माग गरिरहेको बेला ओलीले भने जबरालाई नै टेवा पुग्ने गरी अन्य चार न्यायाधीशको पनि राजिनामा मागेका हुन्। सवैतिरबाट राजिनामा मागिएपछि दबाबमा परेका जबराले मात्र नभएर परमादेशको फैसला गर्ने संवैधानिक इजलासमा रहेका वाँकी चार न्यायाधीशको पनि राजीनामा मागेका छन्।
नेकपा एमालेको ७ सय ५३ वटै गाउँ तथा नगर अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले न्यायाधीशहरुले नै सर्वोच्चको मानमर्दन गरेको भन्दै परमादेश एक जनाले होइन, पाँचै जनाले गर्नुभएको भन्दै एक जनाले मात्र नभएर पाँचै जनाले परमादेश गरेर देशलाई यो हालतमा पुर्याएकाले सबैले राजिनामा दिनु उपयुक्त हुने बताएका हुन्।
पछिल्लो समय जनतालाई मर्का परेका मुद्दाहरु पेण्डिङमा रहेको, तर नक्कली मुद्दाहरु खडा गरेर राजनीतिको थलो बनाउने काम भइरहेको आरोप लगाउँदै ओलीले अदालतलाई विवाद र तमासाको थलो बन्न नदिन आग्रह समेत गरे। ‘के न्यायालयप्रति न्याय पाइन्छ भन्ने विश्वास छ?’ उनले प्रश्न गरे, ‘जनतालाई मर्का परेको विषय पेन्डिङमै छ। नक्कली मुद्दा खडा गरेर अदालतलाई राजनीतिको थलो बनाउने काम भइरहेको छ।’
भिडियाे…
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...