झापाका अपुरा खानेपानी आयोजना निर्माण तत्काल थालिने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
दुई दिनमा ३२ कार्यालयको स्थलगत निरिक्षण गरे मन्त्रीले

झापाका अपुरा खानेपानी आयोजना निर्माण तत्काल थालिने



विर्तामोड । खानेपानी मन्त्री उमाकान्त चौधरीले आफूले मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलो पटक झापाको स्थलगत अनुगमन, निरिक्षणगरी मातहतका निकाय र जिम्मेवार पदाधिकारीहरुलाई यसै वर्ष भित्रमा सबै अधुरा आयोजनाहरु पुरा गर्न निर्देशन दिएका छन्। झापामा संघीय सरकारले २२ वटा र प्रदेश सरकारमार्फत ४६ वटा याेजनाहरू बजेटमा परेका छन् ।


सोमाबार बिहान झापा सदरमुकाम आएका मन्त्री चौधरीले साँझ ८ बजेसम्म झापामा रहेका खानेपानीको समस्या र खानेपानी आयोजनाले वितरण गर्ने पिउने पानीको विषयमा स्थानीय उपभोक्ता समितिको सुझाव र मागपत्र ग्रहण गर्दै अधुरा आयोजना सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।


मन्त्री भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको गृह जिल्ला पुगेका चौधरीले सोमबार एकै दिन झापाका १८ वटा खोनेपानी आयोजना र कार्यालयको स्थलगत निरिक्षण, अनुगमन गर्दै उपभोक्ता र कार्यालयका कर्मचारीको गुनासो सुनेका थिए ।


सबै नेपाली नागरिकलाई स्वच्छ खानेपानी र सरसफाईको मौलिक हक सविधानले सुरक्षित गरेको भन्दै मन्त्री चौधरीले सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने हो भने स्वास्थ्य क्षेत्रको ७० प्रतिशत समस्या समाधान गर्ने दाबी गरे।


सोमबार डिभिजन सडक कार्यालय चन्द्रगढीमा संघीय, प्रदेश र स्थानीय तहमा भएका खानेपानी आयोजना र ढल निकास तथा सरसफाई आयोजनाको निर्माणका सम्वन्धनमा जानकारी लिएर मन्त्री चौधरी खानेपानी मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख, डिभिजन कार्यालय मोरङका प्रमुख लगायतका कर्मचारी लिएर स्थलगत अबलोकन गरेका थिए।


खानेपानी मन्त्री चौधरीले भद्रपुर नगरपालिका –४ महेशपुर खानेपानी आयोजनाको निर्माणाधिन डिप बोरिङ खानेपानी आयोजना, भद्रपुर –३ ज्ञानेचौकस्थित भीमनगर डिप बोरिङ खानेपानी आयोजना, भद्रपुर नगरकै पृथ्बीनगर खानेपानी आयोजना, भद्रपुर–२ स्थित गौरिशंकर खानेपानी आयोजनाको स्थलगन निरिक्षण र अबलोकन गरेका थिए।


यस्तै मन्त्री चौधरीले सोमबार नै झापाको पूर्वी दक्षिणी स्थानीय तह कचनकबल गाउँपालिका ५ स्थित पाठामारी खानेपानी आयोजनाको भौतिक संरचना निर्माण, बनियानी र बालुबाडीको खानेपानी आयोजनाको अवस्था र समस्या, कचनकवलकै पथरिया केचना खानेपानी आयोजना, सुकुनाडिकी धारापानी खानेपानी आयोजना, कचनकबलकै घेराबारीस्थित वडा नं १ र २ मा रहेको खानेपानी आयोजनाको निरिक्षण गरी ज्ञापान पत्र र सुझाव ग्रहण गरेका थिए ।


यस्तै बारदसी गाउँपालिकास्थित राजगढ खानेपानी आयोजना, बारदशी १ स्थित बुट्टाबारी खानेपानी आयोजना, चकचके खानेपानी आयोजना, घोडामारी खानेपानी आयोजना, बाह्रदशी ६ साधुकुटी खानेपानी आयोजना, हल्दीबारी गाउँपालिका १ स्थित गोलधाप खानेपानी आयोजनाको निर्माणधिन संरचना, हल्दीबारी खानेपानी आयोजना र बिर्तामोड नगरपालिका १०को सैनिक बजारमा रहेको खानेपानी समस्याको बिषयमा मन्त्री चौधरीले स्थलगत निरिक्षण गरी जानकारी लिएका थिए।


झापामा खानेपानी आयोजनाहरुको बस्तुस्थित, संघीय सरकारले छुट्याएको बजेट, प्रदेशमार्फत संचालित आयोजना र अधुरा निर्माणाधिन आयोजना तथा तिवरण भएको खानेपानीको गुणस्तरको विषयमा जानकारी लिन झापा गएका मन्त्री चौधरीले मंगलबार बिहानै कन्काई नगरपालिकास्थित सुरुङ्गा खानेपानी आयोजना, जामुनबाढी खानेपानी आयोजना, चम्पापुर खानेपानी आयोजना, लक्ष्मिपुर खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरेको थिए।


यस्तै बुद्धशान्ति गाउँपालिकाको मंगलबार खानेपानी आयोजना, बुद्धशान्ति ७ स्थित धाराटोलका आठ सय घरधुरीमा पिउनयोग्य पानी वितरणको लागि धारागोलामा लिफ्ट खानेपानी आयोजना निर्माण गर्न स्थानीयले गरेको माग, बर्नेस्थित जोगीडाँडा खानेपानी आयोजना, बुधबारे बजारस्थित साना शहरु खनेपानी कार्यक्रम, बुद्धशान्ति ६ चारभैया चुल्ठे खानेपानी आयोजनाको स्किमनम्वर एक, खुदुनाबारी खानेपानी आयोजनाको निरिक्षण गरी समस्या बुझ्न गएका मन्त्री चौहरीले प्रत्येक नेपालीको घरमा खानेपानीको धारा पुर्याउने आफ्नो संकल्प रहेको बताएका थिए।


अर्जुनधारा गाउँपालिकास्थित खुदुनाबारीको सिस्ने खानेपानी आयोजना, शनिश्चरे खानेपानी आयोजना, अर्जुनधारा खानेपानी आयोजना र नेपालकै सर्वोत्कृष्ठ र गुणस्तिरिया खानेपानी आयोजना बिर्तामोठ खानेपानी आयोजनाको खानेपानी मन्त्री चौधरीले अबलोकन गरी जानकारी लिएका थिए।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ कार्तिक १७, १८: ११

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ कार्तिक १७, १८: ११

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ कार्तिक १७, १८: ११

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...