हरेक आन्दोलनको नेतृत्व काठमाडौंले गरेकाले पार्टीको नेतृत्व यहीँबाट हुनुपर्छः बानियाँ – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

हरेक आन्दोलनको नेतृत्व काठमाडौंले गरेकाले पार्टीको नेतृत्व यहीँबाट हुनुपर्छः बानियाँ


काठमाडौं
। नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सभापति सबुज (कृष्ण) बानियाँले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा कांग्रेसका नेता, कार्यकर्ता र जनताको ठूलो योगदान रहेको भन्दै पार्टीको नेतृत्व पनि यहीँबाट हुनु पर्ने माग गरेका छन्।


काठमाडौंको नागार्जुन नगरपालिका ९ नम्वर वडा कार्यसमितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अथिति बानियाँले अहिलेसम्मको नेतृत्व काठमाडौंले अरुलाई दिएकाले यो पटक काठमाडौंले लिनुपर्ने बताए। उनले काठमाडौंले नेतृत्व पाउने बेलामा काठमाडौं कै नेताहरले काठमाडौंका शिर्ष नेताहरुलाई गालीगलौज गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे।

बानियाँले काठमाडौंका नेताले नेतृत्व पाउने बेलामा नेता पुत्र भनेर आलोचना गर्न नहुने भन्दै पञ्च्यातको अन्तदेखि वर्तमान राजनीतिक परिवर्तन गर्नका लागि काठमाडौंका नेताहरुले देशमै बसेर जेलनेल खाएको, सर्वश्वहरण भएको, अहिलेसम्म पनि निरन्तर लोकतान्त्रिक गणतन्त्रको स्थागतगर्न लागि परेको नेता प्रकाशमान सिंह १४औं महाधिवेशनमा सभापतिमा उम्मेद्वार भएको कहिकतै पनि तलमाथि नहुने बताए।

काठमाडौले पार्टी नेतृत्व पाउने अवसर फेरि नआउने हुदा सम्पूर्ण काठमाडौंबासी जनता र काँग्रेसका नेता तथा कार्यकर्ताको ध्यान केन्द्रित गर्न उनले आग्रह गरे। हिँजो को विदेश गएर फर्कियो र कसले कति खायो भनेर मुल्याङ्कन गर्ने समय १४ औं महाधिवेशन भएको हुदाँ सबैले सुझबुझका साथ आफ्नो विवेक प्रयोग गर्न उनले आह्वान गरे । कार्यक्रममा विशेष अतिथिहरु केन्द्रीय सदस्य गिरी, काठमाडौंका अग्रज नेता दामोदर गौतम लगायतले संवोधन गरेका थिए।

शुभकामना तथा चियापान कार्यक्रममा युवा नेता धर्मराजगौतम, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, ९ नं क्षेत्रियउप सभापति जयकृष्ण महर्जन, पूर्वसभापति गौरी दवाडी, नेतृ रिता ढकाल, महिला नेतृ कल्याणी खड्का, काँग्रेस नेताहरु पुस्कर थापा, सन्तोस गिरी, शैलेस कर्माचार्य, दुर्गा प्रसाद गौतम, महानगर कार्यसमितिका उपसभापति सन्त महर्जन, किरण सिग्देल, राजेन्द्र प्रसाद बढाथोकी, रमेश प्रसाद गौतम, कपिल पुरी, धनश्याम लुइटेल, सुन्दर केसी लामिछाने, सुन्दर पन्त, शिवजी भट्टराइ, पुजन भट्टराइ, रामेश्वर भट्टराई, नेतृ विजया भट्ट, विरेन्द्र श्रेष्ठ, दिपेन्द्र थापामगर लगाएत नागार्जुन नगर समितिका पदाधिकारी, अन्य भातृ तथा शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम नागार्जुन नगर सभापति एवम् ९ नं वडा अध्यक्ष रामकृष्ण भट्टराईको सभापतित्वमा भएको थियो।

नेपाली काँग्रेस १४औं महाधिवेशनमा होमियसंगै टोल टोलमा, गाउँगाउँमा विभिन्न गतिविधिमा संगै नजिकिएको चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भइरहेका छन्। काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकाहरुमा विभिन्न वडा नगर समितिहरुद्वारा आयोजित शुभकामना कार्यक्रम तथा चियापान कार्यक्रममा नेताहरुलाई भ्याइनभ्याइ भइरहेको छ। यसै विच आज काठमाडौं महानगरपालिकाअन्तरगत वडा नं २१ मा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्नभएको छ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १७, २०: २७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक १७, २०: २७

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ कार्तिक १७, २०: २७

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...