
काठमाडौ । नेपाली कांग्रेस नागार्जुन नगरपालिका ७ नम्वर वाडा कार्यसमितिले बिहीबार दिपावली, नेपाल सम्वत ११४२ तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले प्रमुख आतिथिको आसनबाट शुभकामना दिँदै आगामी स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउनका लागि पार्टी भित्रको बृहत एकता वडादेखि केन्द्रसम्म खाँचो रहेको बताए। कार्यक्रममा केन्द्रीय सदस्य किरण गिरी र पार्टीका अग्रज नेता दामोदर गौतमले पार्टीलाई गतिशिल, शसक्त र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

चियापान कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, महासमिति सदस्य मिनबहादुर मानन्धर र राजन केसी, महाधिवेशन प्रतिनिधि धर्मराज गौतम र रीता दवाडी, काठमाडौं जिल्ला सदस्य राजेन्द्र भट्टराई, काठमाडौं ९ नम्वर क्षेत्रिय सभापति जयकृष्ण महर्जन, काठमाडौं प्रदेश निर्वाचन क्षेत्र ९ ‘क’का सभापति पुष्कर थापा, नागार्जुन ७ नम्वर वडाध्यक्ष रमेश गौतम र नेपाल महिला संघ ९ नम्वर क्षेत्रिय सभापति कल्याणी खड्काको उपस्थिति थियो ।

नागार्जुन ७ नम्वर वडा सभापति उज्ज्वल दवाडीले कार्यक्रमको उद्देश्यको प्रकाश पार्दै नेपाली कांग्रेसको नेता तथा कार्यकर्ता विचमा सामिप्यता बढाउनुको साथै संगठनलाई मजबुत बनाउन थप टेवा पुग्ने बताए।




काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...