तिनथानामा काँग्रेसको चियापान – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

तिनथानामा काँग्रेसको चियापान


काठमाडौं । विगतको वर्ष कोरोनाका कारण राजनीतिक गतिविधि तथा हिन्दुहरुको महान् चाडपर्व राम्ररी मनाउन नपाएका नेपाली जनताहरुले यस पटक हषोल्लासका साथ मनाउन थालेका छन्। तथापी काँग्रेसको नेतृत्वमा सरकार निर्माण भएपश्चात् लाखौं मानिसहरुले दुवै डोज खोप लगाएएपछि मानिसहरुको चहलपहल, बजार लगायतका स्थानहरुमा ह्वात्तै भीडभाड देखिन्छ।


राजनैतिक दलहरुले पनि आफ्ना गतिविधि ह्वात्तै बढाएका छन्, किनकी सबै राजनैतिक दलहरुलाई यतिवेला महाअधिवेशनको चटारो बढ्दै गएको छ। सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्तरर्गत वडा, गाउँपालिका र नगरपालिका लगायत केही जिल्लाहरुको अधिवेशन सकिएको छ। काठमाडौं उपत्यकामा भने नगर अधिवेशन मात्र भएर प्रदेश, क्षेत्र र जिल्ला बाँकी छ।


यस्तो अवस्थामा पद प्राप्त गर्नका लागि काँग्रेसका नेता तथा कार्यकर्ताहरुको चाडवाडको अवसरमा पनि दौडधुप ह्वात्तै बढेको छ। काठमाडौं जिल्लाको ११ वटा नगरपालिका अन्तर्गत वडा वडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमहरु भईरहेका छन्।


जसअनुसार नेताहरुलाई आगामी मंसिर ३ गतेको प्रदेश क्षेत्रिय अधिवेशन र ६ गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशनका लागि मत माग्न सजिलो भएको देखिन्छ । त्यही अनुरुप आज विहीबार बिहान चन्द्रागिरिको तिनथानास्थित मुनाल क्लबको प्राङ्गणमा चन्द्रागिरि नगरपालिका १५ नम्वर वडा कार्यसमितिद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।


पूर्वसांसद् एवम् केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जित, केन्द्रीय सदस्य किरण गिरी, वर्तमान सासंद् राजनकुमार केसी, चन्द्रागिरि नगर प्रमुख घनश्यान गिरी, नेता एवम् ९ नम्वर क्षेत्र ख प्रदेशका पत्यासी धर्मराज गौतम, काठमाडौं काँग्रेसका नेता एवम् पूर्वउपसभापति गौरी दवाडी, नेपाली काँग्रेस ९ नं. क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महासमिति सदस्य मिनबहादुर मानन्धर, नेता धर्मराज केसी, नेतृ रिता दवाडी लगायतको उपस्थिति थियो।


काठमाडौं कांग्रेस जिल्ला सदस्य राजेन्द्र भट्टराई, रामहरी रिजाल, नेपाल महिला संघका क्षेत्रीय सभापति कल्याणी खड्का लगायत, नवनिर्वाचित काँग्रेस वडा सभापतिहरु, वडा अध्यक्षहरुलगायत चन्द्रागिरि नगरपालिकाका बुद्धिजिवी, समाजेसेवी व्यतित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक १८, १६: ३५

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ कार्तिक १८, १६: ३५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक १८, १६: ३५

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...