सभापतिमा सिंहले नछाड्ने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सभापतिमा सिंहले नछाड्ने

रामचन्द्र पौडेलको कार्यशैलीप्रति असन्तुष्ट बनेका पार्टी नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिमा आफ्नो समूहबाट आफूलाई सर्वसम्मत उम्मेद्वार नबनाए पनि पछि नहट्ने बताएका छन् । सिंहले पार्टीले अघि सारेको हरेक आन्दोलन र क्रान्तिमा काठमाडौंका कांग्रेस कार्यकर्ताले योगदान दिएको तर नेतृत्व कहिल्यै नपाएको गुनासो गर्दै आएका छन् ।

सिंहले पार्टी सभापतिको रुपमा आफू १३औं महाधिवेशनमा नै उम्मेदवार दिने तयारी गर्दा रामचन्द्र पौडेललाई सहयोग गरेको जनाउँदै यो पटक भने पौडेललाई नछाड्ने बताई सकेका छन् ।

सिंहले पार्टीलाई अप्ठ्यारो पर्दा काठमाडौ कांग्रेसले योगदान दिएको भन्दै आफूले सभापति देउवासँग संसदीय दलमा प्रतिष्पर्धा गर्दा समेत पौडेल समूहका केही नेताले मत नहालेको भन्दै डा. शशांकलाई सहयोग गर्न नसक्ने आफू निकटका नेताहरुसँग बताई सकेका छन् ।

२०७४ को आमनिर्वाचनपछि कांग्रेस संसदीय दलको नेता चयन गर्दा भएको निर्वाचनमा नेता देउवासँग प्रतिष्पर्धा गरेका सिंहलाई पौडेल पक्षबाट ४ मत खसेको थिएन । त्यसवेला सिंहलाई महामन्त्री कोइराला, सुजाता कोइराला, हालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र हालका रक्षा मन्त्री डा. मिनेन्द्रप्रसाद रिजालले मत नदिएको बताइएको थियो ।

सबैभन्दा बढी सांसद ४ जनालाई जिताउने जिल्ला काठमाडौंबाट एक जनालाई पनि मन्त्री नबनाएकोमा सिंह सभापति तथा प्रधानमन्त्री देउवा र आफ्नै समूह नेता पौडेलसँग असन्तुष्ट छन् ।

८ जनालाई मन्त्री परिषद् सदस्यमा कांग्रेसले चयन गर्दा समेत काठमाडौंबाट एक जनालाई पनि समावेस गरिएको छैन । प्रदेश १ बाट निर्वाचन तीन सांसदमध्ये तीनै जना डा. रिजाल, डा. खड्का र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री छन् । कांग्रेसबाट निर्वाचित विजयकुमार गच्छदार भने निलम्बनमा परेका छन् ।

सिंहले काठमाडौं १०बाट निर्वाचित सांसद् राजेन्द्र केसीलाई मन्त्रीपरिषद्मा राख्न संस्थापनइत्तर पक्षबाट दबाब दिएका थिए । तर आफ्नै समूहका पौडेलले दिलेनद्रप्रसाद बढु र शशांक कोइरालाले रिजाललाई मन्त्री बनाउन सिफारिस गरेपछि सिंह रुष्ट छन् ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ कार्तिक २९, १२: ३१

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ कार्तिक २९, १२: ३१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ कार्तिक २९, १२: ३१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...