
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसियसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायतका बार ईकाइहरु न्यायपालिकाको अभिन्न अंग भएको बताउँदै न्यायलय भित्र देखिएको गतिरोध अन्त्यका लागि संवाद गर्न आह्वान गरेका छन्।
सोमबार आफैले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल त्यसको लागि आग्रह गरेका छन् । उनले न्यायपालिकाको संस्थागत सुधार र सबलीकरणका लागि न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा अग्रसरता लिन तयार रहेको पनि जनाएका छन्।
आफूविरुद्ध लगाइएका आरोपहरुको खण्डन गर्दै प्रधानन्यायाधीश जबराले भनेका छन् ‘संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो।’
उनले नेपाल बार एसोसिएसनको तर्फबाट सर्वोच्च अदालत परिसरमा आयोजित २५ गतेको धर्ना कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन्। उनले यस्ता प्रकारका गतिविधिहरू आगामी दिनमा दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
प्रधानन्यायाधीश जबराले जारी गरेको विज्ञप्ति –


जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...