
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि जिल्ला अधिवेशनको क्रममा मुलुकको राजधानी काठमाडौँमा शसक्त र बलियो नेताको रुपमा चिनिएका सबुज बानियाँ (कृष्ण)को नेतृत्वमा प्यानल घोषणा गरिएको छ।
पार्टीका पूर्वमहामन्त्री तथा युवा नेता गगनकुमार थापाको उपस्थितिमा शनिबार राजधानीको एक पार्टी प्यालेसमा भएको जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको उम्मेदवारी घोषणा सभामा वर्तमान सभापति सबुज बानियाँको नेतृत्वमा प्यानल घोषणा गरिएको छ।
पार्टीको संगठनलाई शसक्त र बलियो बनाउन आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको भन्दै बानियाँको समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा डा अमिता प्रधानलाई आफूहरुको प्यानलबाट उम्मेदवार बनाउने निर्णय भएको नेता थापाले घोषणा गरेका थिए।

बानियाँले काठमाडौं कांग्रेसमा दोश्रो कार्यकालको लागि प्रतिष्पर्धा गर्दैछन्। हालका सचिव राजकुमार नकर्मीलाई उपसभापति र हालका कोषाध्यक्ष गोविन्द पुडासैनीलाई सचिव पदको उम्मेदवार बनाइएको छ । बानियाँको प्यानलबाट अर्का उपसभापतिका उम्मेदवार केसी र सचिव इन्द्रबहादुर थापा नयाँ अनुहार हुन्।

घोषणासभामा बानियाँले पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक रहेको बताए ।

पार्टीका नेता प्रकाशमान सिंहले २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हायो यसबारे गम्भीर समीक्षा हुनुपर्ने बताए। उनले लोकतान्त्रिक पार्टीको नेतृत्व गरेको व्यक्तिले आफ्नै नेतृत्वमा भएको निर्वाचन हारेपछि नैतिकताको आधारमा पद त्याग गर्नु पर्नेमा पुन प्रधानमन्त्री बन्न खोज्दा पार्टीले संघीय संसदको निर्वाचनमा २३ सिटमा खुम्चनु परेको बताए।
पार्टीको नेतृत्व परिवर्तन नगरेसम्म जनताले कांग्रेसलाई विश्वास गर्न नसक्ने भन्दै नेता सिंहले पटक पटक एउटै व्यक्तिले पार्टी र सरकारको नेतृत्व गर्दा पार्टीलाई समस्या परेको बताए।
कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने भन्दै १२औं महाधिवेशनमा एकै ठाउँरहेका नेताहरुबीच उच्चस्तरको समझदारी गरी नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताए।
पार्टीका कार्यकर्ता र जनतालाई कसले निर्वाचन जित्छ भन्नेसँग भन्दा पनि भरोसायोग्य नेता पार्टीको १४औँ महाधिवेशनले खोजेको बताए ।
कांग्रेसको वडादेखि जिल्ला तहसम्म भएको निर्वाचनको चर्चा कसले जित्यो र हार्यो वा बिबाद भयो भनेर चिन्ता लिनु भन्दा यसलाई लोकतान्त्रिक प्रकृयाको रुपमा लिनु पर्ने भन्दै मत दिने पार्टीका कार्यकर्तामा मतान्तर स्वभाविक भएको बताए । उनले देशभर कांग्रेसको अधिवेशन भइरहँदा नारायणघाटमा एमालेले भने ओलीबेसन गरिरहेको बताए।
बानियाँ नेतृत्वको प्यानल घोषणा सभामा पूर्वमहामन्त्री सिंह, नेता थापासहित काठमाडौंबाट निर्वाचित अर्का सांसद राजेन्द्र केसी, कांग्रेसबाट मेयरमा विजयी गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत तथा काठमfडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको पनि उपस्थिति थियो ।
प्यानल घोषणा सभामा कांग्रेसको तर्फबाट काठमाडौंबाट निर्वाचित प्रदेश सभासदस्यहरु दिपेन्द्र श्रेष्ठ, राधा घले, जीवन डंगोल, दोर्जे छिरिङ, काठमाडौं महानगरसभापति निलकाजी शाक्य, काठमाडौंको १० वटामध्ये ९ क्षेत्रिय सभापति र १८ जना प्रदेश क्षेत्रिय सभापतिको उपस्थिति थियो। पार्टीको तर्फबाट नवनिर्वाचित महाधिवेशन प्रतिनिधि तथा स्थानिय तहका वडाध्यक्षहरुको उल्लेख्य उपस्थिति थियो ।


जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...