पुराना गाडी चलाउने मन्त्रीको दाउ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

पुराना गाडी चलाउने मन्त्रीको दाउ

काठमाडौ । यातायात व्यवसायी र मोटर्स पार्टसका व्यवासायीको प्रभावमा परेर सरकारले २० बर्षे पुराना सवारी साधान हटाउने प्रावधानलाई खारेज गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सरोकारावाला निकाय यातायात व्यवस्था विभागलाई छल्दै मन्त्रालयका एक उपसचिवलाई प्रस्ताव गर्न लगाएर आफैले सलर गर्दै मन्त्रीपरिषद् बैठकमा पेश गर्ने तयारी गरेका छन् ।

सरकारले १ चैत २०७४ देखि नेपालबाट २० बर्ष पुराना भाडाका बस, ट्रक, मिनी बस, मिनी ट्रक, भ्यान, जीप, कारलाई सञ्चालनमा रोक लगाएको थियो । तर व्यवसायीको आग्रहमा मन्त्री महासेठले बिहीबार मन्त्रीस्तरिय निर्णय गराई मन्त्रिपरिषद्मा लगेका हुन ् । तर प्रधानमन्त्री ओलीले केही दिन पर्खिने भनेपछि रोकिएको छ । प्रधानमन्त्री ओली अमेरिकी भ्रमण सकेर फर्किएपछि मात्र सो बिषयमा निर्णय हुने बताइएको छ ।

मन्त्रालय स्रोतका अनुसार महासेठले विभिन्न कारण देखाउँदै काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकाबाहेक अन्यत्र देशव्यापी सञ्चालन गर्न पाउने प्रस्ताव गरेका छन् । मुलुकभर हाल २० बर्ष पुराना त्यस्ता सवारीको सख्या करिव १० हजार रहेको छ । नारायणी अञ्चलमा मात्र त्यस्ता सवारीको सख्या दुई हजार तीन सय रहेको छ ।

महासेठले निकट भविश्यमा आएको चाडबाडमा यात्रुको चाप र सामग्री ढुवानीको चापलाई समेत मध्यनजर गर्दै यस्तो प्रस्ताव गरेको दाबी गरेका छन् । तत्कालिन मन्त्रिपरिषद्को २६ भदौ २०७१ को बैठकले २ बर्षभित्र २० पुराना सवारी साधनको सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । यातायात माफियाको दबाबमा १८ फागुन ०७१ मा मात्र राजपत्रमा सूचना प्रकाशित गर्दै २ बर्ष भित्र २० बर्ष पुराना सवारी सञ्चालनमा रोक लगाउने जनाइएको थियो ।

त्यसको अवधि पुन एक बर्ष थपेर १ चैत २०७४ देखि सरकारले २० बर्ष पुराना सवारीमा रोक लगाएको थियो । २० बर्ष पुराना सवारी सञ्चालनमा रोक लगाएको करिव ६ महिनापछि सरकारले सो निर्णयमा पुनर्विचार गर्न लागेको हो ।

पुराना र थोत्रा सवारी साधनको सञ्चालनमा रोक नलगाउँदा सवारी दुर्घटनामा बृद्धि भएको र त्यसबाट बर्षेनी करोडौंको धनजनको क्षति हुँदै आएको छ । पुराना भएका भाडाको सवारी साधनको कार्बोरेटर, क्लजप्लेट, गियर बक्स, इञ्जिन कमजोर हुँदा सवारी दुर्घटनाको सम्भावना हुने गर्छ ।

२०५२ सालमा वातावरण मन्त्रालयले पुराना सवारी साधनले धुवाँ फ्याक्दा कार्बन मोनोअक्साईड निस्कने र त्यसबाट मानव स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै प्रदुषण जाँचको व्यवस्था भएको थियो ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७५ आश्विन ८, १०: २८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७५ आश्विन ८, १०: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७५ आश्विन ८, १०: २८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...